मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ 'होल्ड'
hamrakura.com · Wed Oct 14 00:00:00 GMT 2026

काठमाडौँ। मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रियामाथि गम्भीर प्रश्न उठेपछि संसदीय सुनुवाइ समितिले प्रक्रिया तत्कालका लागि 'होल्ड' (स्थगन) गरेको छ। सुनुवाइका क्रममा सांसदहरूले ‘स्वार्थको द्वन्द्व’, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ तथा योग्यतामाथि प्रश्न उठाएका हुन्।
संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत खरेलले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू तथ्यहीन र भ्रामक भएको दाबी गर्दै खण्डन गरेका छन्। जग्गा कारोबार, आर्थिक लेनदेन वा कुनै पनि प्रकारको अनुदान मिलाइदिने प्रलोभन नदेखाएको स्पष्ट पार्दै उनले आफू व्यवस्थापकीय जिम्मेवारीमा मात्र रहेको र संस्थागत बेरुजु वा चेकको कारोबारमा आफ्नो एकल निर्णय नहुने जिकिर गरे। साथै, संलग्नता पुष्टि गर्ने प्रमाण भए पेस गर्न उनले चुनौतीसमेत दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)