स्मार्ट टेलिकम घोटालाः २२ जनाविरुद्ध ९६ अर्ब बिगो दाबी, कसलाई कति ?
techpana.com · Wed Aug 12 17:45:17 GMT 2026

काठमाडौं । सरकारी नियन्त्रणमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति अवैध रूपमा लिलामी गरेको आरोपमा २२ जनाविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले स्मार्ट टेलिकम, एनसेल आजियाटा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका पदाधिकारीसहित २२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
स्मार्ट टेलिकमका साविकका सञ्चालक सर्वेश जोशी, स्मार्ट टेलिकमका साविकका सञ्चालक तथा एनसेल आजियाटा (नेपाल) का सञ्चालक सतिशलाल आचार्य लगायतमाथि मुद्दा दर्ता भएको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समितिका अध्यक्ष पृथ्वी बहादुर पाँडे, प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे तथा सञ्चालक समितिका सदस्य कबि कुमार तिब्रेवाला सहित ८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । यस्तै, नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी र केही विदेशी नागरिकहरूमाथि पनि मुद्दा दर्ता भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)