लखनउको प्लेअफ सम्भावना बलियो
ekantipur.com · Wed May 17 00:39:23 GMT 2023
लखनउ — मार्कस स्टोइनसको नटआउट ८९ रन र मोहसिन खानले अन्तिम ओभरमा गरेको बहादुरीपूर्ण बलिङको मद्दतले लखनउ सुपर जायन्ट्सले मंगलबार मुम्बई इन्डियन्सलाई पाँच रनले पराजित गर्दै आफ्नो प्लेअफ सम्भावनालाई बलियो बनाएको छ ।
मोहसिनले अन्तिम ओभरमा ११ रनको रक्षा गरेका थिए । यस क्रममा मुम्बईले पाँच विकेट गुमाएर १ सय ७२ रनमात्र बनाउन सक्यो । मोहसिनले २६ रन दिएर एक विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)