साउदी अरबमाथिको आक्रमणले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने आईएमएफको चेतावनी
ratopati.com · Wed Oct 14 07:35:53 GMT 2026

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले साउदी अरबमाथि भएका पछिल्ला आक्रमणले क्षेत्रीय तथा विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएकी छन्।
मध्यपूर्वमा बढ्दो तनाव र ऊर्जा मूल्यमा भइरहेको वृद्धिले विश्व अर्थतन्त्रसमक्ष थप चुनौती सिर्जना गरेको उनको भनाइ छ। बैंककमा जारी आईएमएफ र विश्व बैंकको वार्षिक बैठकका क्रममा बुधबार आयोजित पत्रकार सम्मेलनमा जर्जिएभाले साउदी अरब क्षेत्रीय तथा विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण देश भएकाले त्यहाँको अस्थिरताले अन्य मुलुकमा समेत असर पार्न सक्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)