बिमा दाबी भुक्तानी बढ्दा पनि बाँकी रकम ५० अर्ब नजिक
bishowkhabar.com · Wed Oct 14 07:38:21 GMT 2026

काठमाडौं – बिमा कम्पनीहरूले दाबी भुक्तानी बढाउँदै लगे पनि भुक्तानी हुन बाँकी रकम ठूलो देखिएको छ । नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्म जीवन र निर्जीवन बिमा कम्पनीहरूले १३ अर्ब ६८ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । तर, भुक्तानी हुन बाँकी दाबीको विवरणले बिमा कम्पनीमाथिको दायित्व पनि उत्तिकै ठूलो रहेको देखाउँछ ।
प्राधिकरणका अनुसार जीवन बिमा कम्पनीहरूले भदौसम्म ४९ हजार ७७३ वटा दाबीबापत ९ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४३ हजार ३६३ वटा दाबीबापत ८ अर्ब २६ करोड ८९ लाख रुपैयाँ भुक्तानी भएको थियो । एक वर्षमा जीवन बिमातर्फ भुक्तानी रकम १७.२५ प्रतिशतले बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)