दशैं–तिहारमा बन्दीपुर हिलमा ९ दिने फुड फेस्टिभल, प्रवेश निःशुल्क
ajakoartha.com · Wed Oct 14 07:54:00 GMT 2026

काठमाडौं- दशैं–तिहार २०८३ को अवसरमा बन्दीपुर हिलले ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने भएको छ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको ब्रान्ड बन्दीपुर हिलले आयोजना गर्न लागेको महोत्सवमा स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विभिन्न आकर्षण समावेश गरिनेछन् ।
बन्दीपुर केवलकारको तल्लो स्टेसनमा आयोजना हुने महोत्सव दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण असोज २८ देखि कात्तिक १ गतेसम्म र दोस्रो चरण कात्तिक ७ देखि १० गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । महोत्सवमा प्रवेश निःशुल्क रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)