ब्लू कर्पोरेसनले ल्यायो चाडपर्वलक्षित ‘फेस्टिभ अफर’
baahrakhari.com · Wed Sep 03 17:10:22 GMT 2025

काठमाडौं । एलएस अटोको नेपाली आधिकारिक आयातकर्ता कम्पनी ब्लू कर्पोरेसनले चाडपर्वलक्षित गर्दै ‘फेस्टिभ अफर’ ल्याएको छ । नजिकिँदै गरेको दसैँतिहारलक्षित गर्दै ल्याएको यो अफरमा रहेर गाडी किन्दा न्यूनतम डाउन पेमेन्टको सुविधादेखि उपहार तथा नगदमा भारी छुट ग्राहकले पाउने छन् ।
विभिन्न छुट र बोनसको समावेशसहित गाडीको खरिदमा कुल आठ लाख रुपियाँसम्मको लाभ लिनसक्ने गरी फेस्टिभ अफर आएको कम्पनीका महाप्रबन्धक नविन फुयाँलले जानकारी दिए । कम्पनीले बिक्री गर्दै आएको ‘एलईभी–०१’ गाडी ग्राहकहरूले यो अफरअन्तर्गत केवल २० प्रतिशतको डाउन पेमेन्टमा घर लैजान सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)