'धुरन्धर-२' ले पाकिस्तानमा मच्चायो तहल्का, २४ घण्टामा २० करोड भ्युज, सर्भर क्र्यास
ratopati.com · Sat May 16 06:34:57 GMT 2026

इस्लामाबाद । रणवीर सिंहको फिल्म 'धुरन्धर-२' ले पाकिस्तानमा नयाँ रेकर्ड कायम गरेको दाबी गरिएको छ। पाकिस्तानी कन्टेन्ट क्रिएटर माविया उमर फारूकीका अनुसार, यो फिल्म नेटफ्लिक्समा रिलिज भएलगत्तै पाकिस्तानमा नम्बर १ मा ट्रेन्डिङ भइरहेको छ र अत्यधिक ट्राफिकका कारण नेटफ्लिक्सको सर्भरसमेत क्र्यास भएको छ।
'धुरन्धर' र 'धुरन्धर २' दुवै फिल्मलाई पाकिस्तानका सिनेमा हलहरूमा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको थियो। तर, मे १५ मा नेटफ्लिक्समा रिलिज भएपछि यसले ठूलो दर्शक संख्या पाएको छ। फारूकीले दाबी गरेअनुसार रिलिज भएको २४ घण्टाभित्रै फिल्मले करिब २० करोड भ्युज पाएको छ। यद्यपि, सर्भर क्र्यास भएको बारे नेटफ्लिक्सले आधिकारिक पुष्टि भने गरेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)