खरबुजासहित फलफूल र तरकारी खानयोग्य प्रमाणित
gorkhapatraonline.com · Sat May 16 06:34:24 GMT 2026

दमक नगरपालिकाले खरबुजासहित विभिन्न फलफूल तथा तरकारीमा प्रयोग भएको विषादीको परीक्षण गरेको छ । सामाजिक सञ्जालमा अत्यधिक विषादी प्रयोग भएको र बालबालिका बिरामी परेको जस्ता पोस्टहरू आउन थालेपछि वास्तविकता बुझ्न नमुना परीक्षण गरिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख रामकुमार थापाका अनुसार नगरपालिकाले बजार अनुगमन गरी विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, बिर्तामोडको प्राविधिक सहयोगमा दमक बजारमा बिक्री भइरहेका खरबुजासहित ताजा तरकारी तथा फलफूलको नमुना संकलन गरी परीक्षण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)