घरभित्रका कामको साझा जिम्मेवारी
gorkhapatraonline.com · Tue Jun 09 01:38:34 GMT 2026

भारतीय जनता पार्टी (बिजेपी) का सांसद डा. राधामोहनदास अग्रवालले संसद्मा हालै भारतीय महिलाले गर्ने घरायसी सेवामूलक निःशुल्क कामको फेहरिस्त प्रस्तुत गरे । उनले महिलाले गर्दै आएका यी निःशुल्क सेवा किन्ने हो भने कति मूल्य पर्छ र यसले कुल गार्हस्थ उत्पादनमा कति योगदान गर्ला ? भनेर हिसाबसमेत बुझाए । उनले यसलाई आर्थिक मूल्यसँग जोड्न आफ्नो सरकारसँग माग पनि गरे । ग्रामीण क्षेत्रका महिलाले घरपरिवारका सदस्यका निमित्त खाना, खाजा आदि बनाउने, करेसाबारीमा अनाज रोप्ने, झार्ने, केलाउने, पिस्ने, रोटी, खाजा पकाउने आदि जस्ता घरका सदस्यका निमित्त गरिने सबै प्रकारका काम पारिश्रमिकबिनाको हेरचाहमूलक (अवैतनिक) काम अन्तर्गत पर्छन् ।
हामीकहाँ यी कामलाई ‘महिलाको लुते धन्धा’ भनिन्छ । यही कामका लागि बाहिरबाट मान्छे राख्नु प¥यो भने कति पैसा तलबका रूपमा दिनुपर्ला भन्ने हिसाबकिताब कहिल्यै हुँदैन । नेपालमा विवाह गर्नु भनेको एउटा निःशुल्क काम गर्ने मजदुर घरमा ल्याउनु हो, जसले महिलालाई सधैँ परनिर्भर र गरिब बनाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
स्वर्णिम वाग्ले