ब्राउन सुगरसहित दुईजनालाई पक्राउ
himalpress.com · Tue Jun 09 01:38:55 GMT 2026

रुकुमपश्चिम- जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले मुसिकोट नगरपालिका–५ बाट ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुकुमपूर्वको भूमे गाउँपालिका–२ का हिमाल घर्ती र सोही ठाउँका २८ वर्षीय राज बुढा रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए। उनका अनुसार उनीहरूको साथबाट प्लास्टिकसहित १३.२९ ग्राम ब्राउन सुगर बरामद गरिएको छ।
जिल्ला सदरमुकाम खलंगाबाट रुकुमपूर्व जाँदै गरेको हिमाल घर्तीले चलाएको रा ७ प ९६१६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ब्राउन सुगर बरामद गरिएको डीएसपी पौडेलले जानकारी दिए।
चालक हिमालको साथबाट चस्माको खोलमा प्लास्टिकले बेरी राखेको अवस्थामा १२ पुरिया ११।२६ ग्राम र पछाडि सवार राजको पाइन्टको बायाँ गोजीमा प्लास्टिकमा बेरी राखेको २ पुरिया २।०३ ग्राम गरी कुल प्लास्टिकसहित १३।२९ ग्राम ब्राउन सुगर फेला परेको उनको भनाइ छ । रासस
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)