सशस्त्रका असई थारुको शव पाँच दिनपछि फेला
nepalnews.com · Wed Oct 14 08:45:18 GMT 2026

कञ्चनपुर। महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारुको शव पाँच दिनपछि फेला परेको छ। गत शनिबार दोधारा–चाँदनी झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको इन्टरनेटको तार तान्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित भएर थारु बेपत्ता भएका थिए ।
सोही दिनदेखि सशस्त्र प्रहरीको गोताखोर टोलीको लगातार प्रयासपछि पाँचौं दिनमा शव फेला परेको हो । थारुको शव आज बेपत्ता भएको स्थानबाट १०÷१५ मिटर दक्षिणतिर भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए। “शव अड्किएका अवस्थामा फेला परेको छ”, उनले भने, “शव परीक्षणपछि परिवारको जिम्मा लगाउँछौं।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)