स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरण: थुनामुक्त भए इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे
techpana.com · Sat May 16 06:38:23 GMT 2026

काठमाडौँ । सरकारी नियन्त्रणमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति अवैध रूपमा लिलामी गरेको आरोपमा पक्राउ परेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई रिहा गर्न अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीशहरू शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले पाण्डेकी श्रीमती निरु दाहालले दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
अदालतले पाण्डेलाई रिहा गरे तापनि विदेश जानु परेमा भने अदालतको पूर्व अनुमति लिनुपर्ने सर्त राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)