अत्तरिया चोकमा बन्ने भयो सुदूरपश्चिमकै पहिलो आकाशे पुल
shilapatra.com · Sat May 16 06:44:11 GMT 2026

कैलालीको अत्तरिया चोकमा आकाशे पुल निर्माण कार्यको औपचारिक रूपमा सुरुवात गरिएको छ । गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले शनिबार पूजापाठसहित पुल निर्माण आयोजनाको शिलान्यास गरेका हुन् ।
नगर प्रमुख भट्टले अत्तरिया चोकमा दिनप्रतिदिन बढ्दै गएको सवारी चाप र पैदलयात्रीको जोखिमलाई मध्यनजर गर्दै पुल निर्माणको योजना अघि बढाइएको बताए । उनका अनुसार यो पुलले ट्राफिक व्यवस्थापनलाई सहज बनाउनुका साथै पैदलयात्रीको सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)