मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिविको तालाबन्दीबारे संसद्‌मा बहस

ekantipur.com · Tue Aug 30 00:38:29 GMT 2022

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या शीघ्र समाधान गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन् । तीन वर्षमा ३ सय दिन त्रिविमा तालाबन्दी भएको विषय उठाएर प्रमुख प्रतिपक्षी एमालेले सरकारको ध्यानाकर्षण गराउँदै सभामुखबाट रुलिङ माग गरेको थियो । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिविमा पठनपाठनको वातावरण तहसनहस पारेको भन्दै एमालेले संसद् अवरोध गर्ने चेतावनी दिएपछि सभामुख सापकोटाले सरकारका नाममा निर्देशन जारी गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको रेक्टर कार्यलयमा गरिएको तालाबन्दी । तस्बिर : केशव थापा

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)