रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
nagariknews.nagariknetwork.com · Tue Jun 09 01:37:17 GMT 2026

जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुकुम–पूर्वको भूमे गाउँपालिका–२ का हिमाल घर्ती र सोही ठाउँका २८ वर्षीय राज बुढा रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए। उनका अनुसार उनीहरूको साथबाट प्लास्टिकसहित १३.२९ ग्राम ब्राउन सुगर बरामद गरिएको छ।
जिल्ला सदरमुकाम खलङ्गाबाट रुकुम पूर्वतर्फ जाँदै गरेको हिमाल घर्तीले चलाएको रा ७ प ९६१६ नम्बर को मोटरसाइकल जाँच गर्ने क्रममा ब्राउन सुगर बरामद गरिएको डिएसपी पौडेलले जानकारी गराए। चालक हिमालको साथबाट चस्माको खोलमा प्लास्टिकले बेरी राखेको अवस्थामा १२ पुरिया ११.२६ ग्राम र पछाडि सवार राजको पाइन्टको बायाँ गोजीमा प्लास्टिकमा बेरी राखेको २ पुरिया २.०३ ग्राम गरी कूल प्लास्टिकसहित १३.२९ ग्राम ब्राउन सुगर फेला परेको उनको भनाइ छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)