फेवातालका डुङ्गा चालक र यात्रुको बिमा
nagariknews.nagariknetwork.com · Tue Jun 09 01:30:04 GMT 2026

प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा चढ्ने यात्रु र चालकको पहिलोपटक बिमा गरिएको छ। फेवा डुङ्गा व्यवसायी संगठनले फेवातालमा डुङ्गा चलाउने चालक तथा डुङ्गामा सयर गर्ने यात्रुको बिमा गरेको हो।
संगठनले शिखर इन्स्योरेन्स कम्पनीसँग आगामी एक वर्षका लागि लागू हुने गरी बिमा गरिएको संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए। उनका अनुसार तालमा कुनै किसिमको दुर्घटना भइ घाइते भएमा उपचार खर्चबापत रु एक लाख प्रदान गरिने छ भने मानवीय क्षति भएमा परिवारले रु पाँच लाख प्राप्त गर्ने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)