गाजामा युद्धका कारण कम्तीमा २१ हजार बालबालिका अपाङ्ग, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता
ratopati.com · Wed Sep 03 18:57:00 GMT 2025

जेनेभा। इजरायल र हमासबिच सन् सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको युद्धयता गाजा क्षेत्रमा कम्तीमा २१ हजार बालबालिका अपाङ्ग बनेको संयुक्त राष्ट्रसङ्घको एक समितिले जानकारी दिएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिका अनुसार, युद्ध सुरु भएयता करिब ४० हजार ५०० बालबालिकाले नयाँ चोटपटक बेहोरेका छन्, जसमा आधाभन्दा बढी अपाङ्गतामा पुगेका छन् । समितिको भनाइ अनुसार, अपाङ्गता भएका व्यक्तिहरूलाई कुनै पनि सहायताविना बालुवा र हिलोमा घिसारिँदै भाग्न बाध्य बनाइएको विवरणहरू आएका छन्, जुन अत्यन्तै अमानवीय र असुरक्षित अवस्था हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)