मलेसियाका लागि राजदूत सिफारिस भएका खरेलमाथि उठेका आरोपबारे थप अध्ययन गरिने
nepalviews.com · Wed Oct 14 10:07:56 GMT 2026

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस भएका चुडामणि खरेलमाथि आर्थिक लेनदेन, अनियमितता तथा स्वार्थको द्वन्द्वसम्बन्धी आरोपसहित उजुरी परेपछि संसदीय सुनुवाइ समितिले थप अध्ययन गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले विभिन्न आरोप उठाउँदै प्रश्न गरेपछि समितिले थप अध्ययन गर्ने भएको हो ।
संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै नेपाली श्रमिकको सुरक्षा, दूतावासबाट प्रवाह हुने सेवाको प्रभावकारिता र श्रमिकको हित संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)