सर्वोच्चको आदेशले ओली र देउवालाई राहत, गभर्नरका आकांक्षीको सूची छोटिँदा ज्ञानेन्द्र ढुंगाना झन् बलिया
barnanmedia.com · Tue Apr 15 22:07:59 GMT 2025

शीर्ष राजनीतिक नेतृत्व तहमा कुरा नमिल्दा नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त भएको साताभन्दा बढी भइसक्यो । मुलुकको आर्थिक अवस्था निकै थिलोथिलो छ । देश सम्पत्ति शुद्धीकरणको ग्रे जोनमा छ । सरकार नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न जुटेको छ । तर सरकारको आर्थिक सल्लाहकार मानिने केन्द्रीय बैंकको नेतृत्वमा अस्वाभाविक चलखेल र अत्तो थाप्ने काम भइरहेको छ ।
सत्ता साझेदार प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेसबीच महत्त्वपूर्ण पदहरुमा भागबन्डा चलिरहेको छ । नेपाल धितोपत्र बोर्डको नेतृत्व नेकपा एमालेले पाउँदा नेपाल बिमा प्राधिकरणमा कांग्रेस कोटाबाट नियुक्त गरिएको छ । पछिल्लोपल्ट नेपाल विद्युत प्राधिरकणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई ल्याउँदा सानोतिनो बल लागेको छैन । यसअघि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका शाक्यलाई हटाउने र कुलमानलाई ल्याउने काम देउवाले नै गरेका थिए । तिनै देउवाको निर्णय उल्टाएर ओलीले कुलमान हटाए र हितेन्द्रदेवलाई पुनर्स्थापना गरेरै छाडे । त्यो पनि अलोकप्रियताको ठूलो भाग कांग्रेसको पोल्टामा हालेर ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)