एआईजीपी सहकुल थापाको पदस्थापनसहित चार एआईजीपीको सरुवा (कसको कहाँ ?)
nepalpress.com · Fri Jul 09 17:32:23 GMT 2021
काठमाडौं । नेपाल प्रहरीको प्रशासन तर्फ भर्खरै प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) बाट प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजीपी) मा बढुवा भएका सहकुलबहादुर थापाको मानवश्रोत तथा प्रशासन विभागमा पदस्थापन भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले थापाको पदस्थापनसँगै अन्य चार एआईजीपीको पनि सरुवा गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।
मानवश्रोत तथा प्रशासन विभागमा कार्यरत निरज बहादुर शाहीको कार्य अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । कार्य अपराध अनुसन्धान विभागमा कार्यरत विश्वराज पोखरेललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)