तथ्यांकोवाच : सल्लाको बियाँको पनि आयात शुरू
abhiyandaily.com
काठमाडौं । सल्लाको बियाँ (जो प्रोटिनको सबैभन्दा राम्रो स्रोतका रूपमा समेत लिइन्छ) को आयात पनि नेपालमा शुरू भएको छ । नेपालको वनजंगलमा त्यत्तिकै खेर गइरहेको सल्लाको बियाँको सदुपयोग हुन नसक्दा यो अवस्था सृजना भएको हो । आर्थिक वर्ष २०७८/७९ मा ५ केजी परिमाणमा करीब रू. ७२१ बराबरको सल्लाको बियाँ आयात भएको भन्सार विभागको तथ्यांक छ ।
वर्तमान समयमा यो आँकडा थोरै देखिए तापनि सल्लाको बियाँको उपयोगबारे जानकारी संगठित रूपमा प्रवाह भइरहँदा भविष्यमा यसको आयातमा उल्लेख्य बढ्ने सम्भावना छ । यस पक्षलाई दृष्टिगत गरी नेपालमा वनजंगलमा खेर गइरहेको सल्लाको बियाँको व्यावसायिक संकलन हुन जरुरी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)