मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विकासको जिम्मा महिलालाई

annapurnapost.com · Sat Jan 21 00:49:00 GMT 2023

बैतडी : विकास निर्माणमा अनियमितता भयो, योजनाका काम सुस्त भए भन्ने गुनासो धेरै सुनिन्छ। यस्ता गुनासा र समस्याको समाधान गर्न बैतडीको पाटन नगरपालिकाले नयाँ जुक्ति निकाल्यो र निर्णय ग¥यो– योजनाका अध्यक्ष सबै महिलालाई बनाउने।

महिलालाई योजनाका जिम्मा दिएपछि समयमा काम हुन्छ र पारदर्शी हुन्छ भन्ने सबैको रायले नै अहिले योजनाको उपभोक्ता समिति अध्यक्षमा महिला चयन भएका छन्। पाटन नगरपालिकाले उपभोक्ता समिति गठन गर्दा महिलालाई प्रमुख पदमा प्राथमिकतामा राख्ने पहिलो कार्यपालिका बैठकबाट निर्णय गरेको थियो। सोही अनुरूप अहिले १ नम्बर वडामा निर्माण हुने सबै योजनाको उपभोक्ता समितिमा महिला अध्यक्ष चयन भएको नगरपालिकाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)