दसैंको अग्रिम टिकट बुकिङमा मनपरी भाडा
ekantipur.com · Thu Oct 07 01:26:00 GMT 2021
काठमाडौँ — दसैंमा घर जान बसको टिकट बुकिङ गर्न भन्दै सुर्खेतका महेश पाण्डे बुधबार सुन्धारास्थित टिकट काउन्टर पुगे । तर टिकट पाएनन् । नेपालगन्जसम्म जाने टिकट बुक गर्ने निधो गरे । तर टिकट महँगो पर्यो । असोज २५ का लागि बुकिङ गर्न गएका उनले सरकारले तोकेको भन्दा बढी भाडा बुझाउन बाध्य भए ।
‘काउन्टरमा सोध्दा टिकट छैन भन्छन्, टिकट पाउनै गाह्रो पर्यो,’ पाण्डले भने, ‘सुर्खेतको टिकट कतै नपाएपछि म र साथीसहित ५ जनाले नेपालगन्जसम्मको भए पनि टिकट बुकिङ गर्यौं ।’ उनले नेपालगन्जसम्मको टिकटका लागि प्रतिव्यक्ति १ हजार ८ सय ५० रुपैयाँ बुझाए । जुन भाडा सरकारले तोकेभन्दा ५ सय ६४ रुपैयाँ (झन्डै ४४ प्रतिशत) बढी हो । तर सरकारले काठमाडौं–नेपालगन्जको भाडा १ हजार २ सय ८६ रुपैयाँ मात्रै तोकेको छ । ‘काउन्टरमा सरकारले तोकेभन्दा बढी किन भाडा लिएको भनेर सोध्दा उल्टै जाने भए टिकट बुक गर्नू, नत्र नगर्नू भन्ने जवाफ आयो,’ उनले भने, ‘दसैंमा घर जान नपाइएला भन्ने डरले तोकेभन्दा बढी नै भाडा दिन बाध्य भयौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)