सर्केगाडको कल्लास गाउँमा आगलागी
gorkhapatraonline.com · Sat May 16 06:56:06 GMT 2026

सर्केगाड गाउँपालिका–५ स्थित कल्लास गाउँमा शनिबार बिहान आगलागी भएको छ । बिहान करिब ९ बजे बाँचबहादुर रोकायाको घरमा आगलागी भएको हो ।
स्थानीय निरुता रोकायाका अनुसार मानसिक सन्तुलन गुमाएकी बाँचबहादुर रोकायाकी करिब ६० वर्षीया आमा सुनरुपा रोकायाले तीनतले जस्तापाताले छाएको घरको माथिल्लो तलामा घाँस राखिएको स्थानमा आगो लगागनुभएको हो ।आगो लगाएपछि उहाँ घटनास्थलबाट फरार हुनुभएको स्थानीयले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)