तिलगंगाले विश्वका १० लाख मानिसको मोतीबिन्दु शल्यक्रिया गर्ने
nayapatrikadaily.com · Wed Apr 21 00:16:00 GMT 2021
विश्वबाट अन्धोपन हटाउन डा. सन्दुक रुइत र बेलायती अर्बपति तेज कोहलीको सहकार्य
तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. सन्दुक रुइतले बेलायती अर्बपति तेज कोहलीसँगको सहकार्यमा विश्वका १६ भन्दा बढी मुलुकमा अन्धोपन हटाउन काम गर्ने भएका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमबीच डा. सन्दुक रुइत–तेज कोहली फाउन्डेसन घोषणा गरिएको छ । फाउन्डेसनले नेपालसहित भारत, इन्डोनेसिया, म्यानमार, बंगलादेश, उत्तर कोरिया, अफगानिस्तान, रुवान्डा, तान्जानिया, लेबनान, भुटान, इराक, घाना, इथियोपिया, कम्बोडिया, सिरियालगायत मुलुकमा अन्धोपन निवारणका लागि काम गर्ने रुइतले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)