मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी

nepalnews.com · Wed Oct 14 11:19:01 GMT 2026

जुम्ला। शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु भएको हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा जुम्लामा प्रभावकारी बन्दै गएको छ। बितेका पाँच महिनामा यहाँका २२० जनाले घरमै राहदानी पाएका छन्।

जिल्ला प्रशासन कार्यालय, राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जिल्ला हुलाक कार्यालयसँग सम्पन्न सम्झौताअनुसार चालु आवको भदौसम्म १९८ जनाको राहदानी घरदैलोमै पुगेर वितरण गरिएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)