परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण कोरियाका राजदूत पार्कको शिष्टाचार भेट
baahrakhari.com · Wed Oct 14 11:19:38 GMT 2026

काठमाडौं । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्रमन्त्री खनालले राजदूत पार्कलाई नेपालका लागि गणतन्त्र कोरियाको राजदूत नियुक्त भएकोमा बधाई दिए । मन्त्री खनालले दुवै देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्न नेपाल सरकार इच्छुक रहेको उल्लेख गरे । राजदूतका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न मन्त्रालयको तर्फबाट पूर्ण सहयोग रहने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)