कुमारी बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित
nepalpress.com · Wed Oct 14 11:24:14 GMT 2026

काठमाडौं । कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा काठमाडौंको सुवर्ण सम्शेर सडकस्थीत सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्समा सम्पन्न भएको छ ।
सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.व. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.व. २०८२/८३ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरिएको छ । साथै, उक्त साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीहरुका लागि प्रस्ताव गरिएको कुल २.१०५३ प्रतिशत (करसहित) लाभांश पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)