भोजपुरमा कुटिए प्राविधिक
kendrabindu.com · Tue Jun 30 11:41:40 GMT 2026

टक्सार (भोजपुर) । भोजपुर–मानेभञ्ज्याङ बैकुण्ठेवासीखोरा बालङ्खा–रानीटार सडक स्थलगत अनुगमनका लागि रामप्रसाद राई गाउँपालिका पुगेका प्राविधिक आनन्दकुमार शाहलाई कार्यरत कामदारको समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।
कुटपिटबाट घाइते प्राविधिक शाहलाई उपचारका लागि विराटनगर पठाइएको छ । शाहको टाउकोमा गम्भीर चोट पुगेको छ । अनुसन्धानका लागि छ जना कामदारलाई आज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)