प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
reportersnepal.com · Wed Oct 14 11:45:04 GMT 2026

काठमाडौँ, २८ असोज । प्रधानसेनापति अशोकराज सिग्देल मित्रराष्ट्र बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।
उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए । प्रधानसेनापति सिग्देलले भ्रमणका क्रममा बेलायतका सेनाध्यक्ष जनरल सर रोय वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका थिए । साथै वेल्सको ब्रेकनस्थित इन्फ्याटरी ब्याटल स्कुलको भ्रमणको दौरानमा अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्ससाइज क्यामब्रियन पट्रोल २०२६’ को निरीक्षण गरी स्वर्ण पदक प्राप्त गर्न सफल नेपाली सैनिक टोलीका सकलदर्जालाई प्रधानसेनापति प्रशंसा निशानबाट सुशोभनसमेत गरेका थिए । यस भ्रमणले दुई देशबीच सदियौँदेखि रहँदै आएको सौहार्दपूर्ण द्विपक्षीय सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुगेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)