सुनसान बने उत्तरी गोरखाका गाउँ
nagariknews.nagariknetwork.com · Tue Jun 09 01:44:01 GMT 2026

यतिबेला जिल्लाको तिब्बती सिमानामा रहेका गाउँबस्ती सुनसान छन्। सबै गाउँले यार्सागुम्बा सङ्कलन गर्न लेक गएपछि लेक र खर्कका चहुर, भीर पखेरा गाउँलेले भरिभराउ छन्।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाउँ, साम्दो तथा वडा नं. ७ छेकम्पारका घरहरूमा तला ठोकिएका छन्। वडा नं. १ को ३४, २५ र २६ नं पिलर रहेका लेक तथा खर्कहरू गाउँलेहरूले खचाखच भएको स्थानीयको भनाइ छ। त्यस्तै वडा नं. ७ को छेक्या र भाज्यो लेकमा पनि गाउँलेहरू पुगेको वडाध्यक्ष टासी दोर्जे लामाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)