वि ह्याब टुु चेन्ज द करेन्ट सिचुएशन : प्रधानमन्त्री ओली
reportersnepal.com · Tue Apr 15 11:10:28 GMT 2025
जसरी भए पनि पावर क्याप्चर गर्दा पनि भोलि गएर चुनावमा जान परिहाल्छ, चुनावमा गएपछि फेरि ती तत्वहरु साइडमा लाग्छन् । किनभने तिनीहरु पपुलर तत्व हुन सक्दैनन् । तिनीहरुसँग न योगदान छ, न देश बनाउने भिजन छ । केही पनि छैन । उनीहरुको गन्तव्य नै केही छैन । एनार्किजम् एण्ड क्याप्चर द पावर, त्यति हो । त्यसकारण यस्ता प्रवृत्तिहरु पनि देखा पर्छन्, अहिलेको समाज असन्तुुष्टि प्रधान छ । त्यसकारण यसलाई हामीले साकारात्मक ढंग र सोचका साथ भिजन दिएर बदल्न सक्नुुर्दछ । वि ह्याब टुु चेन्ज द करेन्ट सिचुएशन । बेसिकल्ली द इकोनोमी सिचुुएशन अफ आवर सोसाइटी । आर्थिक परिस्थितिमा परिवर्तन आयो र गरिबी निवारण भयो भने अरु कुराहरु ठीक लयमा आइहाल्छन् । तर भएका राजनीतिक परिवर्तन र उपलब्धिहरुलाई हामीले जनताको जीवनस्तरसँग जोड्न सकेनौं, जनताको जीवनस्तर उठाउने कुरामा जोड्न सकेनौं र जनतालाई केही पनि दिन सकेनौं, भोट खसाउने मात्रै अधिकार दियौं, अरु केही पनि दिन सकेनौं भने भोट खसाउने अधिकार पनि कहिले कहिले बाहुुबलीहरुले खोसिदिन्छन् र तिम्रो भोट पनि मै खसाउँछुु भनेर आफ्नै चलाउँछन् । त्यस्ता खालका परिस्थितिहरुबाट हामीले समाजलाई परिवर्तन गर्नुपर्ने छ । यसका निम्ति हामीले स्पष्ट दृष्टिकोण तय गर्नु पर्दछ । त्यो दृष्टिकोण कार्यान्वयन गर्न हामीसँग संकल्प हुनुुपछै र त्यो दृष्टिकोण कार्यान्वयन गर्न सक्छौं भन्ने ठान्नुपर्छ । जनता र जनता मात्रै इतिहासका निर्माता हुन् भन्ने कुरा विश्वास गरेर जनतामा जान सक्नुु पर्दछ । जनतालाई सचेत र संगठित गराउन सक्नुर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)