नवनियुक्त राजदूतहरूद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस
ratopati.com · Wed Oct 14 11:58:01 GMT 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका नवनियुक्त राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।
ओहोदाको प्रमाणपत्र पेस गर्नेहरूमा युरोपेली सङ्घका आवासीय राजदूत चार्ल्स ह्वाइटली रहेका छन्। यसैगरी इन्डोनेसियाका लिस्टियोवाती, घानाका कोजो बोन्सु, सुडानका डा। मोहम्मद अब्दुल्ला अली एल्तोम र ब्रुनाई दारुस्सलामका सिटी आर्निफारोजा बिन्ती हाजी मोह्द जैनीले गैरआवासीय राजदूतका रूपमा ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)