साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, नेपाल सरकारद्वारा आभार व्यक्त
newsofnepal.com · Tue Jun 30 11:46:42 GMT 2026

काठमाडौं।
साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना नेपाली नागरिकलाई आममाफी प्रदान गरेको छ। रमजानको पवित्र अवसर पारेर साउदी सरकारले उनीहरूको बाँकी सजाय माफी दिएको हो। नेपालको परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै साउदी अरेबियाको उक्त निर्णयको स्वागत गर्दै साउदी सरकारप्रति हार्दिक आभार व्यक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)