टोखा रोडमा कजारिया रमेश टायल्सको बजार विस्तार
baahrakhari.com · Tue Jun 30 11:52:04 GMT 2026

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको टोखा रोडमा एक विशेष सोरूम सञ्चालनमा ल्याई उपत्यकामा आफ्नो रिटेल सञ्जाललाई थप विस्तार गरेको छ । जगदम्बा इन्टरनेसनलसँगको सहकार्यमा व्यवस्थापन गरिएको यस नयाँ सोरूमले स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई लक्षित गर्दै विश्वस्तरीय ब्रान्डका फ्लोर र वाल टायलहरूको विस्तृत दायरा सिधै स्थानीय समुदायसम्म पुर्याउने उद्देश्य राखेको छ ।
यस सोरूमको औपचारिक उद्घाटन सम्पन्न भएको छ । उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस कस्मो नेपाल २०२५ दीपशिखा नेपाल प्रमुख अतिथिको रूपमा सहभागी थिए । कजारिया रमेश टायल्स लिमिटेडका अन्य वरिष्ठ प्रतिनिधि तथा जगदम्बा इन्टरनेसनलको व्यवस्थापन टोलीको उपस्थितिमा सोरूमको औपचारिक उद्घाटन गरी स्थानीय बासिन्दालाई नयाँ सोरूम अवलोकनका लागि स्वागत गरिएको थियोे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)