मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुटपिटबाट भाउजूको मृत्यु,  देवर पक्राउ

ratopati.com · Wed Oct 14 12:41:20 GMT 2026

गुल्मी । गुल्मीमा देवरले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा भाउजूको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–२, खोलाखर्कमा मादक पदार्थ सेवन गरी कुटपिट गर्दा ४२ वर्षीया लीला खत्रीको मृत्यु भएको हो ।

कुटपिटबाट घाइते भएकी खत्रीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने ४६ वर्षीय बलबहादुर खत्री पक्राउ परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)