मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘इको म्युजियम’को प्रचार प्रसार आवश्यक

barnanmedia.com · Wed Sep 03 21:46:17 GMT 2025

यहाँको घरपझोङ गाउँपालिका–३ स्थित पुथाङ विमानस्थल नजिकै पाखोमा ‘मुस्ताङ इको म्युजियम’ सञ्चालनमा छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संयुक्त लागत साझेदारीमा यहाँ सन् १९९७ मा ‘म्युजियम’ स्थापना गरिएको हो ।

सुरुआती चरणमा जाइकाले एक्याप जोमसोमलाई म्युजियमको स्वामित्व हस्तान्तरण गरेको थियो । एक्यापले सञ्चालनको जिम्मा पुथाङ आमा बहुउद्देश्यीय सहकारी संस्थाको टोलीलाई जिम्मा दिएको थियो । दुई तल भवनमा सञ्चालनमा रहेको यो म्युजियम विसं २०७२ को महाभूकम्पले क्षति तुल्याएको थियो । त्यसपछि सात वर्षसम्म म्युजियम बन्द भयो । पुनःनिर्माण हुन नसकेपछि एक्यापले विसं २०७६ घरपझोङ गाउँपालिकालाई स्वामित्व हस्तान्तरण ग¥यो । गाउँपालिकाले भौतिक संरचनालाई पुनः निर्माण गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)