मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कलैयाका सात पसलमा छड्के अनुगमन

barnanmedia.com · Mon May 11 22:12:21 GMT 2026

बाराको कलैयामा सोमबार सात वटा पसलमा छड्के अनुगमन गरिएको छ । अनुगमनका क्रममा दुई वटा मिठाइ पसललाई जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन समितिका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरकण भट्टराईको नेतृत्वमा खटिएको टोलीले विभिन्न पसलको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा कलैया उपमहानगरपालिका-६ बरियारपुर रोडस्थित माँ अन्नपूर्ण स्वीट्स एण्ड बेकरीमा गुणस्तरहीन मम, हाइड्रो तथा बिरयानी बनाउने सामग्री भेटिनुका साथै मूल्यसूचीसमेत नराखिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९(घ) बमोजिम रु ५० हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)