मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अवैध रूपमा नेपाल बसेका १० विदेशी पक्राउ

nepalnews.com · Wed Oct 14 12:55:18 GMT 2026

काठमाडौं। अवैध रूपमा नेपाल प्रवेश गरी काठमाडौंको विभिन्न स्थानमा बसोबास गरिरहेका १० जना विदेशी नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बुधबार उनीहरूलाई पक्राउ गरी थप कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा बुझाइएको छ।

पक्राउ पर्नेहरूमा ४५ वर्षीय मोहमद मुक्तर होसेन, ३९ वर्षीय अब्बास अली, ४६ वर्षीय रफिक आलम, ४० वर्षीय मोहम्मद अरिफ सोसन, ३० वर्षीय अजिजुल र २९ वर्षीय अब्दुल रहेका छन्। त्यसैगरी, ३७ वर्षीय मोहम्मद आलम करिम, ३६ वर्षीय मेहेताब मण्डल, २० वर्षीय रातुल ईस्लाम र ३० वर्षीय बसर खानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)