मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपत् व्यवस्थापनमा सशस्त्र प्रहरी सहयोगी

gorkhapatraonline.com · Sun Aug 13 06:42:08 GMT 2023

जुम्ला समाचारदाता

जुम्ला, साउन २८ गते । नेपाली सेना र नेपाल प्रहरीसँगै शान्ति सुरक्षा तथा विपत् व्यवस्थापनमा सशस्त्र प्रहरी बलको भूमिका महत्वपूर्ण रहेको छ । सशस्त्र प्रहरीको नवौँ स्थापना दिवसको अवसरमा सरोकारवाला निकायले दुर्गम क्षेत्रमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । सशस्त्र प्रहरी ३३ नं. त्रिपुरागण जुम्लाको नवौँ स्थापना दिवसको अवसरमा गणपति चेतराज जोशीको अध्यक्षतामा सम्पन्न भएको छ । सो दिवसमा प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सशस्त्र प्रहरीले राष्ट्रका लागि गरेका योगदान अतुलनीय रहेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)