नेपाल फिनटेक एक्स्पोमा आइएमई खल्तीका ६ नयाँ सेवा सार्वजनिक, डिजिटल वित्तीय इकोसिस्टम विस्तारमा जोड
kendrabindu.com · Wed Oct 14 13:05:32 GMT 2026

काठमाडौं । आइएमई खल्ती लिमिटेडले नेपाल फिनटेक एक्स्पो २०२६ को अवसरमा आफ्ना ६ नयाँ उत्पादन सार्वजनिक गरेको छ। फिनटेक एलायन्स नेपालद्वारा आयोजित तीनदिने एक्स्पोमा कम्पनीले डिजिटल भुक्तानी, व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी तथा लगानीसम्बन्धी सेवा सार्वजनिक गर्दै आफ्नो डिजिटल वित्तीय इकोसिस्टम विस्तार गरेको हो।
एक्स्पोको पहिलो दिन खल्तीले खल्ती कार्ड्स, ई–सिम र पर्सनल फाइनान्स च्यालेन्ज सार्वजनिक गरेको थियो। त्यस्तै, तेस्रो दिन खल्ती प्रो, स्ट्राइप र खल्ती स्टक हब सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। नयाँ सेवामार्फत प्रयोगकर्ताको बदलिँदो आवश्यकता सम्बोधन गर्दै डिजिटल वित्तीय सेवा थप सहज र प्रयोगकर्तामैत्री बनाउने कम्पनीको लक्ष्य छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)