मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने
nayapatrikadaily.com · Tue Sep 20 17:26:00 GMT 2022
सुदूरपश्चिम प्रदेश सरकारले हालैको बाढीपहिरोमा आफन्त गुमाएका र घरमा क्षति भएका परिवारलाई राहतस्वरूप दिने भएको छ । मृतकका परिवारलाई राहतस्वरूप एक लाख रुपैयाँ र किरिया खर्चबापत थप २० हजार रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले जानकारी दिए । घर क्षति भएकालाई प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय सरकारले गरेको छ ।
पीडितलाई तत्काल खाद्यान्न, त्रिपाललगायत राहत सामग्री वितरणका लागि सम्बन्धित स्थानीय तहहरूलाई प्रदेश सरकारले नगद रकम निकासा दिने मन्त्री रावलले बताए । गत शुक्रबार र शनिबारको बाढीपहिरो र डुबानले सुदूरपश्चिममा धनजनको ठूलो क्षति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)