कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
baahrakhari.com · Wed Feb 16 00:22:00 GMT 2022
काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । बैठकमा आजको प्रतिनिधिसभा बैठकका कार्यसूची, प्रतिपक्ष दलले गर्दै आएको संसद् अवरोधलगायत विषयमा छलफल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)