मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

गायक रोबिन तामाङको निधन, शव पोस्टमार्टमको लागि टिचिङमा

pahilopost.com · Tue Jul 04 18:22:24 GMT 2023

काठमाडौं : रक एन्ड रोल संगीतमा नामी गायक रोबिन तामाङको निधन भएको छ। ६० वर्षीय रोबिनको काठमाडौंस्थित बुढानिलकण्ठमा उनकै निवासमा निधन भएको प्रहरीले जनायो।

आफ्नै निवासमा मृत भेटिएपछि परिवारका सदस्यले प्रहरीमा खबर गरेका थिए। बुढानिलकण्ठ प्रहरी वृत्तका प्रहरी निरीक्षक दीपेन्द्र चन्दका अनुसार तामाङको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। 'बेडरुममा मृत अवस्थामा भेटिनु भएको हो। उहाँको दिदीले खबर गरेपछि प्रहरी घरमा पुगेको थियो। रुमको ढोकभित्रबाट बन्द थियो,' चन्दले भने। उनको मृत्युको कारण पोस्टमार्टमपछिमात्र पत्ता लाग्ने प्रहरी निरीक्षक चन्दले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)