मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दसैंमा ‘बन्दीपुर फेस्ट’ हुने

kendrabindu.com · Wed Oct 14 13:55:36 GMT 2026

काठमाडौं । चाडबाड अवसर पारेर तनहुँ बन्दीपुरमा महोत्सव आयोजना हुने भएको छ । बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडको ब्रान्ड बन्दीपुर हिल्सले दसैंतिहार बिदाको अवसरमा ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने बताएको छ ।

महोत्सवमा मौलिक स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विभिन्न आकर्षण समावेश हुनेछन् । बन्दीपुर केबुलकारको लोअर स्टेसनमा ९ दिने फुड फेस्टिभल आयोजना गरिने छ । स्थानीय परिकार, रमाइला खेल तथा सांस्कृतिक प्रस्तुति समेत समेटिएको कम्पनीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)