मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राति आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा

barnanmedia.com · Wed Sep 03 23:04:38 GMT 2025

टीकापुर बहुप्राविधिक शिक्षालयमा राति आएर आतङ्क मच्चाउने चितुवालाई बुधबार नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले चितुवालाई ट्रयापमा पारेर नियन्त्रणमा लिएको हो ।

चितुवाले भदौ १ गते शिक्षालयभित्र पसेर बाख्रा र भदौ ३ गते कुकर खाएपछि नियन्त्रणमा लिन वन कार्यालयमार्फत बर्दिया राष्ट्रिय निकुञ्जको सहयोग मागिएको थियो । निकुञ्जले भदौ ४ गते राखेको ट्रयापमा बुधबार बिहान २ बजेतिर भाले चितुवा थुनिएर नियन्त्रणमा आएको शिक्षालयका प्रमुख पारस खड्काले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)