पाकिस्तान सरकारको निर्णय : संस्थानहरूको निजीकरण गर्ने, नभए बन्द गर्ने
ratopati.com · Sun Sep 29 17:47:00 UTC 2024

इस्लामाबाद । आर्थिक संकटमा परेको पाकिस्तान सरकारले धेरै सरकारी संस्थानहरूलाई निजीकरण गर्ने भएको छ । यदि निजीकरणको प्रयास असफल भए त्यस्ता संस्थानहरूलाई बन्द गर्नुपर्ने सरकारको निर्णय छ ।
एआरवाई न्यूजले उल्लेख गरेअनुसार निजीकरण विफल भएको अवस्थामा सरकारको दोस्रो विकल्प भनेको ती संस्थाहरू बन्द गर्ने हो । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले निजीकरण तथा उद्योग मन्त्रालयलाई निजीकरण प्रक्रियाको निगरानी गर्न निर्देशन दिएका छन् । मन्त्रालयले पाकिस्तान स्टोन डेभलपमेन्ट कम्पनी, पाकिस्तान अटोमोबाइल कर्पोरेशन र पाकिस्तान इन्स्टिच्युट अफ म्यानेजमेन्टलगायत निजीकरणका लागि धेरै संस्थाहरू पहिचान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)