जनगणनाको तथ्याङ्क सङ्कलन साउनको अन्तिम हप्तादेखि सुरु गर्ने तयारी
Ujyaaloonline.com · Sat Jun 26 01:06:57 GMT 2021
काठमाण्डाै - केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलन कार्य साउनको अन्तिम हप्तादेखि सुरु गर्ने तयारी गरेको छ । साउनको अन्तिम हप्तादेखि तथ्याङ्क सङ्कलन सुरु गरेर असोजको पहिलो हप्तामा सक्ने गरी तयारी भएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो ।
जनगणना सुरु गर्नको लागि तयार भएको प्रस्ताव भोलि बस्ने निर्देशक समितिको बैठकमा लैजाने र निर्देशक समितिले प्रस्ताव स्वीकृत गरेमा प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा जानेछ । मन्त्रिपरिषद्बाट स्वीकृति दिएमा आफूहरु साउनको अन्तिम हप्तादेखि तथ्याङ्क सङ्कलनका लागि तयार रहेको रेग्मीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)