मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कालीमाटीमा प्रतिकेजी १८ रुपैयाँदेखि ९०० रुपैयाँसम्मका फलफूल र तरकारी पाइने, कुनको मूल्य कति ?

arthadabali.com · Tue Jun 09 02:14:18 GMT 2026

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलवारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज सेतो हाइब्रीड मूलाको भाउ प्रतिकेजी १७ रुपैयाँ ६७ पैसा तोकिएको छ । जुन सबैभन्दा सस्तो हो भने सिताके च्याउ र सुकेको माछा सबैभन्दा बढी महँगो प्रतिकेजी ९०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

त्यस्तै, नेपाली ठुलो गोलभेँडा, भन्टा, बन्दा र सिमीको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, भारतीय ठुलो गोलभेँडाका भाउ ६५ रुपैयाँ, लोकल सानो गोलभेँडा २१ रुपैयाँ २५ पैसा, टनेल गोलभेँडा ४० रुपैयाँ, लाम्चो रातो आलु ३७ रुपैयाँ ४० पैसा, गोलो आलु ३३ रुपैयाँ ४० पैसा, मुडेको आलु ३२ रुपैयाँ ८० पैसा, सुकेको प्याज (भारतीय) ४१ रुपैयाँ २० पैसा, लोकल गाजर ९६ रुपैयाँ, स्थानीय काउली ७५ रुपैयाँ, तने बोडी ३५ रुपैयाँ ७५ पैसा, मटरकोशा १९० रुपैयाँ, मकै बोडी ४५ रुपैयाँ ७५ पैसा, राजमा सिमी १११ रुपैयाँ २५ पैसा, टाटे सिमी ७६ रुपैयाँ २५ पैसा, भटमासकोशा १३३ रुपैयाँ र तितो करेला ३५ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)